PRABHU BANK

एनएमबी बैंकले गर्यो कन्टिनेन्टल ट्रेडिंग ईन्टरप्राईजेजसँग सम्झौता, गाडी किन्न २४ घण्टाभित्रै अटो लोन दिने

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबी बैंकले कन्टिनेन्टल ट्रेडिंग ईन्टरप्राईजेजसँग सम्झौता गरेको छ । बैंकले नेपालमा किया अटोमोबाइलको एक मात्र वितरक कन्टिनेन्टल ट्रेडिंग ईन्टरप्राईजेजसँग किया अटोमोबाइलको प्राथमिक फाईनान्सिङको रुपमा सहज कार्यान्वयनको लागी उक्त सम्झौता गरेको हो । 
एनएमबी बैंकका तर्फबाट प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेज प्रा.लि.का तर्फबाट निर्देशक आशिष पौड्यालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
अब एनएमबी बैंकले किया अटोमोबाइलका गाडी किन्ने ग्राहकहरुलाई कन्टिनेन्टल ट्रेडिंग एन्टरप्राइजेजद्वारा रेफर गरिएको एनएमबी अटो लोन सर्वसुलभ व्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता प्रदान गर्ने भएको छ । 
आ मोटर्स लगातार स्थीर रुपमा दक्षिण कोरियाबाट आयातित एक सर्वोत्कृष्ट अटोमोबाइल ब्रान्डको रूपमा रहेको र १ दशक भन्दा बढी समयदेखि आफ्नो ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आईरहेको छ । 
सोही कारणले गर्दा यस सम्झौताले आफ्ना ग्राहकहरूको लागि सहज वित्तीय सुविधा सहित एक उत्तम मोटर वाहनको ब्रान्ड प्राप्त गर्ने चाहना साकार हुने कुरामा विश्वस्त रहेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै