PRABHU BANK

नेपाल फाइनान्सको हकप्रद सेयर निष्कासनको लागि बुक क्लोज मिति तय

Nepal Finance
  • बैंकिङ संसार
काठमाडौं । नेपाल फाइनान्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनार्थका लागि बुक क्लोज मिति तय गरेको छ । 
फाइनान्सले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि कात्तिक ६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।
यस कारण कात्तिक ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
फाइनान्सले १ः१ लशमलव २५ को अनुपातमा १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको हो । 
उक्त सेयर निष्कासनका लागि फाइनान्सले २०७६ साल फागुन २९ गते सेबोनमा निवेदन पेश गरेकोमा बोर्डबाट असोज १९ गते सोमबार अनुमति पाएको हो ।
फाइनान्सको हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै