काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। बैंकले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेर सम्पन्न गरेको छ।
रक्तदान कार्यक्रममा ४१३ जनाले रक्तदान गरेका छन् । रक्तदानसँगै नि:शुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो । बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा आयोजित स्वास्थ्य शिविरमा २५० जना कर्मचारीको स्वास्थ्य परिक्षण गरिएको छ ।
विसं २०२२ मा पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक यही माघ १० गते स्थापनाको ६० वर्ष पूरा गरी ६१ औं वर्षमा प्रेबेश गर्दैछ।


