आरएसडिसी लघुवित्तले कमायो ७ करोड ६६ लाख नाफा, प्रतिसेयर आम्दानी १४.८३ रुपैयाँ, खराब कर्जा २.८४ प्रतिशत !

काठमाडौँ। आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तले चालु आर्थिक वर्ष २०८२-८३ को ६ महिनासम्ममाको वित्तीय विवरण सार्वजनिक गरेको हो।

उक्त विवरण अनुसार लघुवित्तले ७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। तर, कम्पनीको खुद ब्याज आम्दानी भने घटेको वित्तीय विवरणले देखाएको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ११ करोड २१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आवको सोही अवधिमा १० करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ११ करोड ४१ लाख रुपैयाँबाट घटेर ११ करोड २१ लाख रुपैयाँमा झरेको छ भने सञ्चालन नाफा ६ करोड ४६ लाख रुपैयाँबाट बढेर १० करोड ९६ लाख रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्म कम्पनीको वितरणयोग्य मुनाफा ६ करोड ६८ लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ८.५५ रुपैयाँबाट बढेर १४.८३ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२५.१५ रुपैयाँ कायम भएको छ। यता कम्पनीको खराब कर्जा (एनपीएल) २.७१ प्रतिशतबाट बढेर २.८४ प्रतिशत पुगेको छ।

लघुवित्तको चुक्ता पूँजी १० करोड ३४ लाख रुपैयाँ छ भने जगेडा कोषमा ६ करोड ६८ लाख रुपैयाँ रहेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्