PRABHU BANK

नेपाल इन्भेष्टमेण्ट बैंकले १००ः३० स्वाप अनुपातमा सिटी एक्सप्रेसलाई प्राप्ती गर्ने

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई प्राप्ती गर्ने भएको छ । बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीलाई १००ः३० को स्वाप अनुपातमा प्राप्ति गर्ने भएको हो । 
असोज २८ गते बुधबार बसेको बैंकको विशेष साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १०० कित्ता सेयर बापत इन्भेष्टमेण्ट बैंकको ३० कित्ता सेयर पाइने भएको छ ।
ग वर्गको फाइनान्स कम्पनी सिटी एक्सप्रेस फाइनान्सको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । यस्तै इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी मर्जरमा गएपछि १४ अर्ब ३७ करोड रुपैयाँ हुनेछ । यस्तै प्रवद्र्कहरुको सेयर स्वामित्व ६८.४८ प्रतिशत हुनेछ भने सर्वसाधारणहरु सेयर स्वामित्व ३१.५२ प्रतिशत हुने कम्पनीले जनाएको छ ।
इन्भेष्टमेण्ट बैंकले हाल ८३ वटा शाखा, १ सय २५ वटा एटीएम, ५६ शाखारहित बैंकिङ काउन्टर, १७ एक्सटेन्सन काउन्टर र १० राजस्व संकलन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै