PRABHU BANK

नेपाल फाइनान्स लिमिटेडको १६ लाख कित्ता हकप्रद सेयर विक्री खुल्ला

Nepal Finance
  • बैंकिङ संसार
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको हकप्रद सेयर विक्री खुल्ला हुने भएको छ । कम्पनीकोे १२५ प्रतिशत हकप्रद सेयर मंसिर ४ गतेदेखि विक्री खुला हुने भएको हो । 
कम्पनीले १ बराबरब १.२५ को अनुपातमा १६ करोड ९७ लाख ५० हजार ६ सय २५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद सेयर विक्री खुल्ला गर्न लागेको हो । 
मंसिर २४ गतेसम्म विक्रीमा रहने यो हकप्रद सेयरमा कार्तिक ५ गतेसम्म कायम सेयरधनीहरुले मात्र आवेदन दिन सक्ने भएका छन् । कम्पनीले हकप्रद सेयर प्रयोजनका लागि कार्तिक ६ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । 
कम्पनीले हकप्रद सेयर विक्री गर्न गत फागुन २९ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । उक्त हकप्रद सेयर विक्री गर्न अनुमति भने बोर्डले गत असोज १९ गते दिएको थियो । 
यस हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईपीओ ग्रेड ५ रेटिङ प्रदान गरेको छ । ग्रेड ५ ले कम्पनीको आधारहरु कमजोर रहेको संकेत गर्दछ । 
हाल यस कम्पनीको चुक्तापूँजी १३ करोड ५८ लाख १ हजार रुपैयाँ रहेको छ भने हकप्रद निष्कासनपश्चात ३० करोड ५५ लाख ५१ हजार रुपैयाँ पुग्नेछ ।
विक्री प्रबन्धकसँगै नेपाल फाइनान्सको केन्द्रिय कार्यालय तथा अन्य शाखा कार्यालयहरुबाट पनिआवेदन दिन सकिने भएको छ । 
साथै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर सफ्टवेयरमार्फत आवेदन दिन सकिने व्यवस्था पनि कम्पनीले गरेको छ । कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै