बैंकहरूको अन्तरबैंक कारोबारमा भारी गिरावट

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूबीच हुने अन्तरबैंक कारोबार घटेको पाइएको छ। चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूबीच हुने अन्तरबैंक कारोबारमा भारी मात्रामा गिरावट आएको हो।

चालु आर्थिक वर्षको कात्तिक महिनासम्म वाणिज्य बैंकहरूको २ खर्ब ८८ अर्ब ९१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को ६५ अर्ब २४ करोड रुपैयाँ गरी कुल ३ खर्ब ५४ अर्ब १५ करोडको अन्तरबैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको ४ खर्ब ७० अर्ब ३० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरूको ६१ अर्ब ८० करोड रुपैयाँ गरी कुल ५खर्ब ३२ अर्ब १० करोडको अन्तर बैंक कारोबार भएको थियो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्