बैंकिङ ठगीबाट बच्न राष्ट्र बैंकको आग्रह

काठमाडौँ। नेपाल राष्ट्र बैंकले वित्तीय ठगीबाट बच्न आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै वित्तीय कारोबार गर्दा सुरक्षा तथा सजगता अपनाएर विभिन्न प्रकारका वित्तीय ठगीबाट बच्न आग्रह गरेको हो ।

राष्ट्र बैंकले अपरिचित व्यक्ति वा नम्बरबाट ह्वाटसप भाइबर, मेसेन्जर जस्ता मोबाइल एप, इमेल, फोन वा मोबाइलको म्यासेजमा विभिन्न किसिमका चिठ्ठा परेको, महङ्गो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट सामान आएको, धन सम्पत्ति वा सुन फेला परेको, छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता विभिन्न बहानाका सन्देश आउँदा सजग हुनुपर्ने जनाएको छ। सूचनासहित:  

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्