काठमाडौँ। मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लघुवित्तको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो। हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनश सेयर र ०.२५ प्रतिशत नगद लाभांश संस्थाले वितरण गर्ने भएको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।

