DISH HOME

राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो १०० रुपैयाँ दरका नयाँ नोट (सुचनासहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बिहीबारदेखि १०० रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै नयाँ विशेषतासहितको १०० रुपैयाँको नोट चलनचल्तीमा ल्याएको हो।

नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आए नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइने छ’ प्रतिज्ञा मूलक वाक्यांश यथावत् राखिएको छ। साबिककै आकार तथा रङमा १०० रुपैयाँको नयाँ नोट प्रचलनमा आउनेछ। नयाँ नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटको मध्य भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्र रहनेछ।

नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत छ भने तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको छ। सूचनासहित:

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै