राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई दियो १००० दरका नयाँ नोट छाप्ने जिम्मा !

काठमाडौँ। नेपाल राष्ट्र बैंकले १००० दरका ४३ करोड थान नोट छाप्ने भएको छ। राष्ट्र बैंकले १००० दरका ४३ करोड थान नोट छाप्न चिनियाँ कम्पनी बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई दिएको हो ।

१ करोड ६९ लाख ८५ हजार अमेरिकी डलर खर्च गरेर सो कम्पनीले नोट डिजाइन, प्रिन्टिङ, सप्लाई र डेलिभरी काम गर्ने गरी ठेक्का दिईएको राष्ट्र बैंकले जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्