एनआईसी एशिया बैंकको नाफा बढ्यो, ईपीएस बढेर ३.२१ रुपैयाँ कायम, प्रतिसेयर नेटवर्थ कति ?

काठमाडौँ। एनआईसी एसिया बैंकको नाफा १०.५३ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको पहिलो ३ महिनामा एनआईसी एसिया बैंकले १२ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । जुन अघिल्लो वर्षको तुलनामा बढी हो।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा ११.३१ प्रतिशतले बढेको छ भने बैंकको ब्याज आम्दानी १०.४४ प्रतिशतले घटेको छ। बैंकले २ अर्ब २८ करोड ६० लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। बैंकको वितरणयोग्य मुनाफा ६ अर्ब २४ करोड ८२ लाख रुपैयाँले ऋणात्मक रहेको छ।

बैंकको सञ्चालन मुनाफा भने १९ करोड ३५ लाख रुपैयाँमा भएको छ। त्यस्तै, बैंकको चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ, बैंकको रेटिन्ड अर्निङ ६ अर्ब २४ करोड ८२ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने रिजर्भमा २० अर्ब ९७ करोड ८१ लाख रुपैयाँ रहेको छ।

यता बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर १.७४ प्रतिशत कायम भएको छ भने प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३.२१ रुपैयाँ कायम भएको छ। पीई रेसियो ९७.७३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १९८.७४ रुपैयाँ रहेको बैंकको तथ्यांकले देखाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्