काठमाडौँ। नेपाल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २.३१ प्रतिशतले घटेको हो ।
बैंकले कुल ५८ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने ६० करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यस्तै, बैंकको खुद ब्याज आम्दानी १६.३८ प्रतिशत, कुल सञ्चालन आम्दानी १२.७५ प्रतिशत र सञ्चालन मुनाफा ३२.८१ प्रतिशतले बढेको छ।
यता बैंकको खुद फि तथा कमिसन आम्दानी १८.२३ प्रतिशतले घटेको छ भने बैंकको ईपीएस पनि ३८ पैसा घटेर १६ रुपैयाँ १ पैसामा कायम भएको छ ।
यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ५७ करोड १ लाख रुपैयाँ ऋणात्मक छ । बैंकको प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ ३२ पैसा छ भने मूल्य आम्दानी अनुपात १५.०५ गुणा रहेको छ ।




