DISH HOME

केड कम्पनीमा किनमेल गर्दा एनआईसी एशिया बैंकका ग्राहकहरुलाई २० प्रतिशत छुट

nic asia bank

  • बैंकिङ संसार

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै काठमाडौं, दरबारमार्गस्थित दरबार मलमा रहेको केड कम्पनीमा किनमेल गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट दिने गरी सम्झौता गरेको छ ।

सो सम्झौतापत्रमा बैंकका तर्फबाट लाइफ स्टाइल बैंकिङ युनिभर्स प्रमुख श्याम प्रसाद लामिछाने र केड कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार बैंकमा खाता खोलेर मोबाइल बैंकिङ एप, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरुले केड कम्पनीमा किनमेलगरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छुट प्राप्त गर्नेछन् भने बैंकका कर्मचारीहरुले २५ प्रतिशत छुटको फाइदा लिन सक्नेछन् ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएका बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै