DISH HOME

माछापुच्छ्रे बैंक र एशोसियन अफ प्रिस्कुल एजुकेटर्स अफ नेपालबीच सम्झौता, उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक र एशोसियन अफ प्रिस्कुल एजुकेटर्स अफ नेपालबीच सम्झौता भएको छ । बैंक र अपेनबीच महिला उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको हो । माछापुच्छ्रे बैंकका तर्फबाट बैंकका कर्पोरेट एण्ड इन्फ्रास्ट्रक्चर ल्याण्डिङ विभागका प्रमुख सुवाश जमरकट्टेल र एशोसियन अफ प्रिस्कुल एजुकेटर्स अफ नेपालका तर्फबाट अध्यक्ष बद्री दाहालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकले अपेनमा आवद्ध महिला उद्यमीहरुलाई ४ देखि ५ प्रतिशत व्याजदरमा १ लाख रुपियाँदेखि १५ लाख रुपियाँसम्म सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । अपेनका केन्द्रीय सचिव उमानाथ निरौलाले यस सम्झौताबाट अपेनमा आवद्ध बाल विद्यालय तथा शिशु स्याहार केन्द्र सञ्चालन गर्ने महिला उद्यमीहरुलाई आफ्नो व्यवसाय अघि बढाउन निकै सहयोग पुग्ने आशा रहेको बताएका छन् । 
उनले यस्तो सहुलियत कर्जा उपलब्ध गराउन आवश्यक कागजी प्रक्रियाका लागि इम्पायर फाइनान्सियल सर्भिसेज शान्तिनगर काठमाडौंले काम गर्ने बताउँदै पुरुष उद्यमीहरुलाई पनि यस्तो सहुलियत कर्जाका लागि अपेनले पहल गरिरहेको पनि बताएका छन् । यस सम्झौताबाट अपेनमा आवद्ध ५ सय महिला उद्यमीहरुले सहुलियत कर्जा प्राप्त गर्न सक्ने अनुमान रहेको पनि निरौलाले बताए ।
बैंकले देशभर रहेका १ सय ६० वटा शाखाहरु, १ सय ३३ वटा शाखारहित बैकिङ सेवा, १ सय ९८ वटा एटीएम, ५ वटा एक्सटेन्स काउण्टर र १ हजार भन्दा बढी पिओएस मार्फत आफ् ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित बैंकिङ सुविधा प्रदान गर्दै आईरहेकको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै