PRABHU BANK

प्रभु बैंकले आफ्ना सेयरधनीहरुलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीललाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । 
बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत अर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र ०.५२६३ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुँजी १० अर्व ३१ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ११ अर्व३४ करोड रुपैयाँ पुग्नेछ ।
बैंकको प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै