PRABHU BANK

मुक्तिनाथ विकास बैंकले सेयरधनीहरुलाई १५.५१ प्रतिशत लाभांश दिने

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.५१ प्रतिशत लाभांश दिने भएको हो । बैंकको मंसिर २१ गते आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश पारित गरेको हो ।
बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११.२५ प्रतिशत बोनस र ४.२६ प्रतिशत नगद (बोनस र नगद लाभांशको कर सहित) गरी १५.५१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । बैंकको हाल चुक्ता पुँजी ४ अर्व ३२ करोड रुपैयाँ रहेको छ भने ११.२५ प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पुँजी ४ अर्व ८१ करोड रुपैयाँ नाघ्नेछ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै