prabhu

नेपाल इन्भेष्टमेन्ट बैंकको १२६औं एटीएम बुढनीलकण्ठको चुनिखेलमा

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले नयाँ एटीएम सेवा संचालनमा ल्याएको छ । बैंकले बुढनीलकण्ठ नगरपालिकाको चुनिखेलमा आफ्नो १२६औं एटीएम सेवा संचालनमा ल्याएको हो । 
करुणा अस्पताल परिसरमा स्थापित उक्त एटीएमको उद्घाटन बैंकका नायव महाप्रबन्धक विजेन्द्र सुवाल, बागमती प्रदेश सभासद नुच्छे, नारायण श्रेष्ठ, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति अध्यक्ष भिक्षु थुप्टेन जिकडोल, करुणा अस्पाताल अध्यक्ष तीर्थलाल श्रेष्ठ र बुढनीलकण्ठ नगरपालिका-१३ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 
५ पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाईसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन-युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । बैंकले हाल ८३ वटा शाखा, १२६ वटा एटीएम, ५६ शाखारहित बैंकिङ काउन्टर, १९ एक्सटेन्सन काउन्टर र १० राजस्व संकलन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै