DISH HOME

कृषि विकास बैंकको अगुवाइमा दुई बैंकले कुखुरा फार्मलाई कर्जा लगानी गर्ने

Agricultural Development Bank
  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंकको अगुवाइमा नेपाल बैंकले कुखुरा फार्मलाई कर्जा लगानि गर्ने भएको छ । यससम्बन्धी कर्जा प्रवाहका लागि तीन कम्पनीबीच सम्झौता पनि भएको छ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय, नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र जनकपुर एग्रो फार्मका अध्यक्ष खुमा प्रसाद अर्याल समेतको उपस्थितिमा उक्त सम्झौता भएको हो ।
कृषि विकास बैंकको अगुवाइमा ६ लाख कुखुरा फार्मले कर्जा पाउने भएका छन् । बैंकले करीब २ अर्व लगानीमा ६ लाख लेयर्स कुखुरा फार्म स्थापना गर्न लागेको जनकपुर एग्रो फार्मलाई कर्जा प्रवाह गर्ने भएको हो । जनकपुर एग्रो फार्मले बायो ग्यास अर्गानिक मल उत्पादन गर्ने उद्देश्यसहित उक्त फार्म स्थापना गर्न लागेको हो । 
उक्त कार्यक्रममा बैंकका तर्फबाट उपमहाप्रबन्धक प्रताप सुवेदी, विभागीय प्रमुख बाबु काजी थापा लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।उक्त कर्जा लगानीबाट जनकपुर धनुषाधाम लगायतका पूर्वी क्षेत्रमा कुखुराको मासु तथा अण्डा उत्पादनमा आत्मनिर्भर हुन गई आयत प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै