काठमाडौँ। एनआईसी एशिया लघुवित्तले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।
कम्पनीले सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृत, सुपरभाइजर, कनिष्ठ सहायक र ट्रेनी असिस्टेन्ट पदका लागि जागिर खुलाएको छ ।
लघुवित्तमा जागिर खान चाहने व्यक्तिहरूले साउन २५ गतेभित्र आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिन सकिनेछ।
कम्पनीका अनुसार लघुवित्तमा काम गरेको अनुभव हुनेलाई बढी प्राथमिकता दिइने छ। तलब तथा अन्य सुविधा भने बैंकको नियमअनुसार हुने बैंकले जनाएको छ।