DISH HOME

नेपाल बैंकको अगुवाईमा ९ वटा बैंकले लाप्चे खोला जलविद्युत आयोजनामा लगानी गर्ने

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंकको अगुवाईमा ९ वटा बैंकले लाप्चे खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन् । बैंकहरुले लाप्चे खोला जलविद्युत आयोजनामा १९ अर्व ६५ करोड रुपैयाँ भन्दा बढी लगानी गर्ने भएका हुन् ।
उक्त आयोजनामा नेपाल बैंकले ५ अर्व रुपैयाँ, नेपाल ईन्भेष्टमेण्ट बैंकले ३ अर्व ५० करोड रुपैयाँ, कर्मचारी संचयकोषले २ अर्व रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ अर्व रुपैयाँ, हिमालयन बैंकले २ अर्व रुपैयाँ, लक्ष्मी बैंकले १ अर्व ८८ करोड २५ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्व रुपैयाँ, बैंक अफ काठमाण्डूले १ अर्व रुपैयाँ र कृषि बिकास बैंकले १ अर्व रुपैयाँ लगानी गर्ने भएको हो । नेपालमा निजिक्षेत्रको लगानीबाट बन्न लागेको देशकै ठूलो १६० मेगावाटको लाप्चे खोला जलविद्युत आयोजनामा एम.भि.दुगड ग्रुपको मुख्य लगानी रहेको छ।
नाशा हाईड्रोपावरले प्रवर्धन गर्न लागेको उक्त जलविद्युत आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिकास्थित लाप्चे खोलामा निर्माण हुनेछ । सम्झौता कार्यक्रममा डेभलपर नाशा हाईड्रोपावरका अध्यक्ष मोतिलाल दुगडले सरकारी बैंकहरुमा ढिलासुस्ती हुन्छ भन्ने धारणा गलत रहेको र २०७९ श्रावणसम्ममा उक्त आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिने पनि बताएका छन् ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै