prabhu

घरेलु लघुवित्त वित्तीय संस्थाले समता लघुवित्त वित्तीय संस्थालाई गाभ्ने प्रस्ताव पारित

Gharelu Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाले समता लघुवित्त वित्तीय संस्थालाई गाभ्ने प्रस्ताव पारित भएको छ । पुस १४ गते सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा केन्द्रीय कार्यालय रहेको घरेलु लघुवित्तको साधारण सभा काभ्रेको बनेपा स्थित पन्चकन्या बैंन्क्वेटमा सम्पन्न भएको हो ।
राष्ट्रिय स्तरको यस संस्थाले १० जिल्ला कार्यक्षेत्र रहेको समता लघुवित्तलाई गाभ्ने भएको हो । घरेलु लघुवित्तले १३ शाखा कार्यालयहरु स्थापना गरी विगत २ वर्षदेखि लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । यस संस्थाले २०७७ मंसिर मसान्तसम्ममा ७ हजार ३ सय घर परिवारहरुमा सेवा विस्तार गर्दै ५९ करोड रुपैयाँ भन्दा बढी लगानी गरी लगानीमा रहिरहेको रकम ३० करोड ५९ लाख रुपैयाँ रहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै