PRABHU BANK

सिटिजन्स बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच सम्झौता, युवाहरुलाई १० लाखसम्मको सहुलियतपुर्ण कर्जा दिने

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक र रिटर्नी माइग्रेन्ट नेपालाबीच सम्झौता भएको छ । बिहिबार बैंक र रिटर्नी माइग्रेन्ट नेपालाबीच वैदेशिक रोजगारबाट फर्केका युवा परियोजना कर्जा प्रवाह गर्ने सम्बन्धी पुस १६ गते बिहीबार सम्झौता भएको हो ।
सम्झौता अनुसार बैंकले वैदेशिक रोजगारबाट फर्केका युवालाई सहुलियत दरमा कर्जा प्रवाह गर्ने भएको छ ।बैंकले रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा वैदेशिक रोजगारबाट फर्केका युवालाई सहुलियत दरमा कर्जा दिने भएको हो । यस सम्झौतापछि बैंकले वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई १० लाख रुपैयाँसम्म कर्जा सहुलियतपूर्ण दरमा प्रदान गर्ने भएको छ । विदेशबाट फर्किने नेपाली श्रमिकको संख्या दिनानुदिन बढ्ने र यो जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उद्देश्यका साथ बैंकले उक्त सम्झौता गरेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै