prabhu

नेपाल एसबिआई बैंकद्वारा नेपाल प्रहरीलाई उद्धार सामग्री सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, नक्साललाई उद्धार प्रयोजनका लागि र्याफ्ट बोट तथा अन्य आवश्यक सामग्री हस्तान्तरण गरेको छ।

एक विशेष समारोहका बीच बैंकका अध्यक्ष जयती बन्सलले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) शिद्धी विक्रम शाहलाई ती सामग्रीहरू औपचारिक रूपमा प्रदान गरे।

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारी, संचालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख जोखिम अधिकृत विष्णुदेव यादव, र प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्यालको साथै नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरू पनि सहभागी थिए।

बैंकले प्राकृतिक विपद् न्यूनीकरण तथा व्यवस्थापनमा योगदान पुर्याउने उद्देश्यले यस्ता सहयोग कार्यक्रमहरू समय-समयमा सञ्चालन गर्दै आएको छ।

नेपाल एसबिआई बैंकले ३१ वर्षदेखि देशभर सेवा दिँदै आएको छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ सेवा केन्द्र, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै