PRABHU BANK

प्रोग्रेशिभ फाइनान्सको २४औं वार्षिक साधारणसभा सम्पन्न

Progressive Finance
  • बैंकिङ संसार
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको पुस २९ गते बुधबार २४औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष किशोरकुमार महर्जनको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७६/७७ वित्तीय अवस्थाको विवरण, वासलात, नाफा/नोक्सान विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले बताएका छन् । सभामा संस्थाका अध्यक्ष किशोरकुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७६/७७मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारेका थिए । 
साधारणसभामा वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्न एवं जिज्ञासाहरुको जवाफ दिँदै अध्यक्ष महर्जनले संस्था अपेक्षित रुपले प्रगति पथमा लम्किरहेको जानकारी पनि गराए ।साधारणसभाले आर्थिक वर्ष २०७७/७८ का निम्ति बाह्य लेखापरीक्षकका रुपमा एस. पाण्डे एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै संस्थाको साधारणसभाले मर्जर तथा एक्वीजिशनका निम्ति बैंक तथा वित्तीय संस्थाहरुबाट उपयुक्त प्रस्ताव प्राप्त भएमा सो सम्बन्धी सम्पूर्ण प्रकृया पुरा गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै