PRABHU BANK

ग्लोबल आइएमई बैंकले सुरू गर्यो क्यूआर कोडमार्फत नगदरहित भुक्तानी कार्यक्रम, गभर्नरद्धारा उद्घाटन

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकले क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवर्धन कार्यक्रमको आयोजना गरेको छ । बैंकले नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले ललितपुर जिल्लाको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानी प्रवर्धन कार्यक्रमको आयोजना गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसलहरुमा क्यूआर कोडमार्फत नगद रहित भुक्तानी प्रवर्धन कार्यक्रमको उद्घाटन गरेका हुन् ।
नगद रहितकारोबार प्रवर्धन तथा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले बैंकले क्यूआर कोडमार्फत हुने विद्युतीय कारोबार प्रवर्धन कार्यक्रमको आयोजना गरेको हो । बैंकले आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहनका कार्यक्रमहरु गर्ने र यस किसिमका विद्युतीय कारोबारलाई प्रवर्धन गर्न थप कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ । साथै बैंकले क्यूआर मर्चेन्टहरुलाई विद्युतीय भुक्तानी सम्बन्धी चेतनामुलक अनलाइन तालिमको सुरुवात पनि गरेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले २ सय ६४ वटा शाखा कार्यालय, २ सय ४० एटीएम, २ सय ४४ शाखारहित बैंकिङ सेवा, ४७ वटा एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन काउण्टर र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय (अष्ट्रेलिया, बेलायत र भारत) मार्फत २२ लाखभन्दा बढि ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै