काठमाडौँ। नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी सम्मानित भएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को विशेष साधारणसभामा पूर्व गभर्नर सिए महाप्रसाद अधिकारी सम्मानित भएका हुन् ।
वित्तीय क्षेत्रमा ठुलो योगदान पुराएको भन्दै उनलाई एक्यानले सम्मान गरेको हो। महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका १७औं गभर्नर हुन् । उनको नियुक्ति ६ अप्रिल २०२० मा भएको हो।
उनको करियरमा नेपाल राष्ट्र बैंकमा ३० वर्षभन्दा बढीको अनुभव छ। उनले वित्तीय स्थिरता, वित्तीय क्षेत्र सुधार, केन्द्रीय बैंकिङ अपरेसन, एंटी मनी लाउन्ड्रिङ र आतंकवादको वित्तपोषणको नियन्त्रण जस्ता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।