बैंकिङ क्षेत्रमा ठुलो योगदान पुराएको भन्दै सिए ज्ञवाली सम्मानित

काठमाडौँ। नबिल बैंकका कामु सीईओ मनोज कुमार ज्ञवाली सम्मानित भएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा ठुलो योगदान पुराएको भन्दै सिए ज्ञवालीलाई एक्यानले सम्मान गरेको हो।

ज्ञवाली नेपालका एक प्रतिष्ठित चार्टर्ड एकाउन्टेन्ट र बैंकर समेत हुन्। उनी एक प्रतिष्ठित चार्टर्ड एकाउन्टेन्ट र बैंकिङ क्षेत्रमा अनुभवी पेशेवर हुन्। उनले हाल नबिल बैंकको सिनियर प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य गर्दै आएका छन्।

यसअघि उनी नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको अध्यक्षको रूपमा पनि कार्यरत थिए। उनको करियरमा नेपाल राष्ट्र बैंकमा वित्तीय जोखिम व्यवस्थापन, नियामक अनुपालन, रणनीतिक योजना र वित्तीय विश्लेषणमा महत्वपूर्ण अनुभव रहेको छ।

उनको नेतृत्वमा नबिल बैंकले आफ्नो सेवा र वित्तीय प्रदर्शनमा उल्लेखनीय सुधार गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्