डिसहोमको झुर सेवासँग झोक्किए सेयर बजारका ‘महाराजा’, भने-‘आइपिओ आउन लागेको डिसहोमको सर्भिस थर्ड ग्रेड’

काठमाडौँ। डिसहोमको इन्टरनेट सेवा लगातार बिग्रिन थालेपछि सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवालले सामाजिक सञ्जालमार्फत डिसहोमप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले फेसबुकमा डिसहोमको सेवा ‘थर्ड क्लास’ भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

डिसहोमको झुर सेवासँग झोक्किए अग्रवालले आईपीओ लाउनु अगावै डिसहोमको यस्तो लापरवाही गम्भीर चिन्ताको विषय भएको व्यक्त गरेका छन्। दिनानुदिन जसो इन्टरनेटमा समस्या आउन थालेपछि उनले सामाजिक संजाल फेसबुकमा लेख्दै आइपिओ आउन लागेको डिसहोमको सर्भिस थर्ड काल्स भएको बताएका हुन् ।

पछिल्लो समय डिसहोमका ग्राहकहरूले नै इनटरनेट राम्रोसँग नचलेको गुनासो गर्दै आइरहेका छन्। नेपालको एक मात्र विनातार सीधै ग्राहकका घरसम्म (डिटिएच) सेवा प्रदायक भनी जिकिर गर्नेहरूले नै  डिसहोमको इनटरनेट राम्रोसँग नचलेको गुनासो गर्दै आइरहेका छन्।

डिस होमको ओरालो गति

डिस होम दिनानुदिन ओरालो गतिमा त छ नै, कम्पनीप्रतिको विश्वास पनि जनस्तरबाटै घटिरहेको छ । कम्पनीको सेल्स हदैसम्म ‘डाउन’ छ भने कम्पनीले केही नयाँ काम गर्न सकेको छैन । कुनै बेला केवल कम्पनीहरूलाई माथ खुवाएर अघि बढेको कम्पनी अहिले यतिसम्म बिजोग अवस्थामा छ कि, डिस होम जोडेकाहरुले पनि नवीकरण गरिरहेका छैनन् । विशेषगरी वर्ल्डलिंक, भायानेट लगायतका कम्पनीले दिएको टिभीसहितको सेवाका कारण डिस होमको ओरालो गति देखिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

financial literacy
commercial bank
Top 7 banking news