DISH HOME

राष्ट्र बैंकका पाँच विभागमा उपनिर्देशक नियुक्ति, अमिष ढुंगेलसहित बढुवा

काठमाडौँ। नेपाल राष्ट्र बैंकले विभिन्न विभागका लागि उपनिर्देशक पदमा आन्तरिक प्रतिस्पर्धाबाट पाँच जनालाई बढुवा गरेको छ। मानव संसाधन व्यवस्थापन विभागले सार्वजनिक गरेको नतिजाअनुसार लोकसेवा आयोगद्वारा आयोजित लिखित परीक्षा र अन्तर्वार्ता सफलतापूर्वक उत्तीर्ण गर्दै अमिष ढुंगेलसहित पाँच जना उपनिर्देशकमा नियुक्त भएका हुन्।

अमिष ढुंगेल बैंक सुपरीवेक्षण विभागमा, निकिता पाठक बैंकर्स प्रशिक्षण केन्द्रमा, सोम राज नेपाली विदेशी विनिमय व्यवस्थापन विभागमा, विनोद बजगाईँ आर्थिक अनुसन्धान विभागमा र निकी महर्जन संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा उपनिर्देशक बनेका छन्।

उनीहरूको बढुवा प्रक्रिया आन्तरिक प्रतियोगितामार्फत सम्पन्न भएको हो।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै