prabhu

कुमारी बैंक र जीवन्त एडभान्स काठमाडौं इमेजिङबीच सम्झौता, स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट पाइने

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक र जीवन्त एडभान्स काठमाडौं इमेजिङबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य र स्वास्थ्य सम्बन्धी विभिन्न सेवाहरु लिंदा सेवाप्रदायकबाट विशेष सहुलियतको व्यवस्थालाई विस्तार गर्ने उद्देश्यले उक्त सम्झौता गरेको हो । कुमारी बैंकका तर्फबाट बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य र जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गका तर्फबाट प्रबन्ध निर्देशक ममता हमाल घिमिरेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता-पत्र अनुसार जीवन्त एडभान्स काठमाडौं इमेजिङ्गमा एमआरआई, सीटी स्क्यान लगायत अल्ट्रा साउन्ड् शुल्कमा ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने भएका छन् । बैंकले हालसम्म १ सय ९२ शाखा सञ्जाल, १ सय ६२ एटिएम, २२ शाखारहित बैंकिङ सेवा र १३ एक्सटेनसन काउन्टरमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै