PRABHU BANK

कुमारी बैंकद्धारा ‘डिजिटल च्यालेन्ज’ नामक योजना सार्वजनिक, ५ जना भाग्यशाली विजेताले सामसङ ट्याब ए ८.० पाउने

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंकद्धारा ‘डिजिटल च्यालेन्ज’ नामक योजना सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबार प्रवर्धन तथा यसको प्रयोग बढाउने उद्देश्यका साथ उक्त योजना सार्वजनिक गरेको हो । यो योजनाअन्तर्गत कुमारी बैंकको कुमारी स्मार्ट प्रयोग गरी कारोबार गर्ने ग्राहकमध्ये १ जना भाग्यशाली विजेताले आइफोन १२ प्राप्त गर्नेछन् । यसका साथै ५ जना भाग्यशाली विजेताले सामसङ ट्याब ए ८.० प्राप्त गर्नेछन् ।
‘कुमारी स्मार्ट वान टु थ्री, आइफोन १२ फ्रि’ योजनाअन्तर्गत ग्राहकले ३ कार्यहरू सम्पन्न गरेमा आइफोन १२ प्राप्त गर्ने अवसर पाउने भएका छन् । जसअन्तर्गत ग्राहकले कुमारी स्मार्ट मोबाइल एप प्रयोग गरी प्रथमतः टप-अप गर्ने, दोस्रोमा फोनपे डिरेक्टको प्रयोग गर्ने र तेस्रोमा फोनपे क्यु आर कोड स्क्यान गरी भुक्तानी गर्ने कार्य सम्पन्न गरेपछि आइफोन १२ प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुने भएका छन् । यी ३ कार्यहरू सम्पन्न गर्ने ग्राहकहरूमध्ये १ जनाले आइफोन १२ प्राप्त गर्नेछन् ।
यसका साथै कुमारी स्मार्ट एपबाट पहिलो पटक कारोबार गर्ने ग्राहकमध्ये ५ भाग्यशाली विजेताले साम्सङ् ट्याब ए ८.० प्राप्त गर्नेछन् । यस योजनाअन्तर्गत ग्राहकले पहिलो पटक टप-अप, बिल भुक्तानी, क्युआर भुक्तानी (फन्ड ट्रान्सफर र वालेट लोडबाहेक) कुनै एक कारोबार गरे पश्चात् साम्सङ् ट्याब ८.० प्राप्त गर्ने लक्की ड्रमा सहभागी हुनेछन् । कुमारी स्मार्ट प्रयोग गर्नका लागि ग्राहकहरूले कुमारी बैंकमा आफ्नो खाता खोलेका वा कायम गरेको हुनुपर्छ ।
बैंक खातासँग जोडिएको कुमारी स्मार्ट एप आफ्नो फोनमा डाउनलोड गरी माथि उल्लेखित कार्यहरू सम्पन्न गरे पश्चात् ग्राहकहरूले यो योजनामा सहभागी हुने अवसर प्राप्त गर्नेछन् । एफवान सफ्टको सहकार्यमा यो योजना यही मार्च १ तारिकदेखि मार्च महिनाको अन्तिम दिन ३१ तारिकसम्मका लागि मात्र लागु गरिएको हो । बैंकले १९ सय २ शाखा सञ्जाल, १६२ एटीएम, २५ शाखारहित बैंकिङ सेवा र १३ एक्सटेनसन काउन्टरमार्फत आफ्ना सेवाग्राहीहरुलाई अत्याधुनिक बैंकिङ सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै