PRABHU BANK

सिटिजन्स बैंक र त्रिसरा रेस्टुरेन्ट एण्ड बारबीच सम्झौता, रेस्टुरेन्टको सेवामा विशेष छुट पाइने

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक र त्रिसरा रेस्टुरेन्ट एण्ड बारबीच सम्झौता भएको छ । बैंक र त्रिसरा रेस्टुरेन्ट एण्ड बारबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता भने चैत्र ८ गते आइतबार भएको हो ।
यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट क्रेडिट/प्रिभिलेज कार्डवाहकहरुले त्रिसरा रेस्टुरेन्ट एण्ड बारको दरबारमार्ग, लाजिम्पाट, पोखरा लगायत देशैभरि रहेका शाखाहरुबाट सेवा लिँदा विशेष छुट पाउने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । बैंकले हालसम्म १ सय ९ वटा शाखा कार्यलय, ९८ वटा एटिएम र १ सय ७ वटा शाखारहित बैंकिङ सेवामार्फत करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै