PRABHU BANK

मुक्तिनाथ विकास बैंकको नाफा २३.१७ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा ६२ करोड ९० करोड

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले नाफा कमाएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले २८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २३.१७ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले २२ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ६।३७ प्रतिशतले बढेर १ अर्ब ११ करोड ७ लाख पुगेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४ करोड रहेको थियो ।

त्यस्तै, बैंकको वितरणयोग्य नाफा ६२ करोड ९० करोड रहेको छ भने चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ रहेको छ । यता बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १० पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै