काठमाडौँ। मुक्तिनाथ विकास बैंक र बरपिपल रिसोर्टबीच सम्झौता भएको छ। बैंक र बरपिपल रिसोर्ट पोखराबीच ग्राहकले बरपिपल रिसोर्टमा विशेष छुट पाउने विषयमा सम्झौता भएको हो ।
सम्झौता अनुसार बैंकका ग्राहकहरूले बरपिपल रिसोर्ट पोखरामा खाना, बस्न तथा स्पा सेवामा १० देखि २० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
रिसोर्टमा ६ जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा १ जनाका लागि बस्ने सुविधासहित ब्रेकफास्ट, लञ्च तथा डिनर नि:शुल्क उपलब्ध गराइनेछ ।
बैंकका ग्राहकहरूले उक्त छुट सुविधा प्राप्त गर्न बैंकको मान्य डेबिट कार्ड-प्रिभिलेज कार्ड पेश गर्नुपर्नेछ।



