PRABHU BANK

मुक्तिनाथ विकास बैंकले सम्पन्न गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले नेपाल महिला उद्यमी महासंघको २१औँ वार्षिक साधारणसभाको अवसरमा महासंघमा आबद्ध महिला उद्यमीका लागि वित्तीय साक्षारता कार्यक्रम सञ्चालन गरी कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत समीरशेखर बज्राचार्य र मार्केटिङ विभागका प्रमुख विनयरत्न शाक्यले सहजीकरण गरेका थिए ।

कार्यक्रममा महिला उद्यमीहरूले बैंकिङ कारोबार र सेवा सुविधासम्बन्धी राखेका विभिन्न जिज्ञासालाई बैंकको तर्फबाट स्पष्ट पारिएको बैंकले जनाएको छ । महासंघकी अध्यक्ष शोभा ज्ञवालीले उक्त कार्यक्रमबाट महिला उद्यमीहरूलाई बैंकिङ कारोबार गर्न प्रोत्साहन मिल्नुको साथै बैंकको सेवा सुविधाबारे जानकारी भएको बताएकी थिइन् ।

उक्त कार्यक्रममा महासंघको तर्फबाट १५० जना महिला उद्यमीहरू सहभागी थिए । बैंकले ‘नेपालमै टिक्न सजिलो छ’ भन्ने मान्यता राख्दै साना तथा मझौला व्यापार-व्यवसायहरूलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जाहरू ल्याएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै