prabhu

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न, हरियाली वातावरण बनाउने लक्ष्य

Janautthan Samudayic Laghubitta
  • बैंकिङ संसार
पाल्पा । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका अन्तर्गतका विभिन्न स्थानहरुमा वित्तीय संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा वृक्षा रोपण कार्यक्रम श्रावण २३ गते सम्पन्न गरेको हो । संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका-३ खस्यौलीस्थित सिलाङ्गथोक, विश्वकर्मा बाबाको मन्दिर, भैरबस्थान मन्दिरको परिसर र तानसेन नगरपालिका-५ ढुंगाखानीको लाँकुरी चौपारी वरिपरि बिरुवा रोपिएको वित्तीय संस्थाका अध्यक्ष बाबुराम विश्वकर्माले बताए ।
उनका अनुसार १० भन्दा बढी विशेष प्रजातीको सिलाङ्गेका बिरुवा रोपिएको र अन्य धुपी, अशोका, कपुर, कटहर लगायतका विभिन्न प्रजातिका बिरुवाहरु समेत रोपिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथि रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले वित्तीय संस्थाले बिरुवा रोपेर हरियाली वातावरण बनाउने काम गरेको भन्दै प्रशंसा समेत गरे । यहाँको वातावरण स्वच्छ र हरियाली बनाउने अभियानमा स्थानीय सरकार सहकार्य गर्न सदैव तयार रहेको उनले बताए ।
विशिष्ट अतिथि संस्थाका संस्थापक, परिकल्पनाकार तथा नेपाल सरकारका पूर्व सचिव डा.मान बहादुर विश्वकर्माले हरित प्रर्वधन अभियानमा संस्थाले प्रारम्भ गरेको वृक्षा रोपण कार्य प्रशंसनीय रहेको र रोपिएका बिरुवाहरुको जगेर्ना गर्न सुझाव दिए । आफूले देशका सबै जिल्लामा सोध खोज गर्दा बैतडी र डडेल्धुरामा सिलाङ्गेका बिरुवा पाएको बताए । लोपोन्मुख सिलाङ्गेका बिरुवा हुर्काउने काममा सहयोग गर्न संस्थामा आवद्ध समुह सदस्यहरुलाई उनले आग्रह समेत गरे । कार्यक्रममा रिब्दीकोट गाउँपालिका–३ का वडाध्यक्ष विष्णुप्रसाद खनाल, कार्यपालिका सदस्य लीला आचार्य, वडा सदस्य विष्णुमाया नेपाली, पत्रकार मिलन विश्वकर्मा, स्थानीय गीता सोमै लगायतलेबोलेका थिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोखरेलले संचालन गरेको कार्यक्रममा वित्तीय संस्थाका सञ्चालक तथा पूर्व अध्यक्ष रेवन्तबहादुर विश्वकर्माले स्वागत गरेका थिए भने उक्त कार्यक्रममा संचालक समितिका सदस्य नरेन्द्र कँडेलले उपस्थित सवैलाई धन्यवाद ज्ञापन गरेका थिए । हाल पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका तराईका ११ वटा जिल्लाहरु र सोही जिल्लाहरु सँग जोडिएका पहाडका ८ वटा जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयहरु मार्फत करिव ४५,५०० समुह सदस्यहरुलाई संस्थामा आवद्ध गरी वित्तीय सेवा पुर्याईरहेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेल जानकारी दिए ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै