PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकको Point of Sale कारोबारमा क्यास ब्याक अफर

RASTRIYA BANIJYA BANK
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न Point of Sale को माध्यमबाट प्रति कारोबार १ हजार वा सो भन्दा बढीको Card Swipe गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ । यो योजना आगामी २०७८ असोज २१ गते देखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुने छ ।
देशभर विभिन्न व्यवसायहरुमा रहेको POS को माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै Card Swipe गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुनेछ । यस अन्तर्गत ३ देखी ५ पटकको Card Swipe मा ५ प्रतिशत अधिकतम क्यास ब्याक वा ५ सय ६ देखी १० पटकको Card Swipe मा १० प्रतिशत अधिकतम क्यास ब्याक वा ७ सय ५० ११ देखी १५ पटकको Card Swipe मा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा १ हजारमध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुनेछ । बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ संचालनमा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै