PRABHU BANK

विभिन्न सेवा सञ्चालन सम्बन्धी नेपाल एसबिआई बैंक र ई-सेवाबीच सम्झौता

काठमाडौं । ग्राहकहरूलाई सजिलो हुने गरि विभिन्न सेवा सञ्चालन सम्बन्धी नेपाल एसबिआई बैंक र ई-सेवाबीच सम्झौता भएको छ । मंगलबार बैंक र ई-सेवा बीच ईसेवा नेटवर्क, डिजिटल वालेट, मर्चेन्ट पेमेन्ट र मनी ट्रान्सफर सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको हो ।

सम्झौतामा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा र ईसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले हस्ताक्षर गरेका बैंकले जनाएको छ ।

सम्झौता अनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, काउन्टर डिपोजिट लगायत बैंकका च्यानलहरू मार्फत ईसेवा वलेटमा रकम स्थानान्तरण गर्न सहज हुने र यस सम्झौताले ई(सेवा प्लेटफर्ममार्फत तत्कालै खाता क्रेडिट गरी व्यापार भुक्तानीहरू सहजीकरण गर्न सहयोग पुऱ्याउने बैंकको विश्वास छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै