PRABHU BANK

स्वरोजगार लघुवित्तको नाफा ३९ प्रतिशतले बढ्यो



sworojgar laghubitta
  • बैंकिङ संसार
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालू आथिृक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले खुद ब्याज आम्दानी गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा १२९ प्रतिशतले वृद्धि गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आर्थिक वर्षको सोही अवधिमा १० करोड ३५ लाख ७३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

४१ करोड १२ लाख ७९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २५ करोड ८७ लाख ४४ हजार सञ्चित गरेको रहेको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३ अर्ब २ करोड ३३ लाख सापटि लिएर,२ अर्ब ७४ करोड ४ लाख निक्षेप संकलन गरी ६ अर्ब ३८ करोड ७३ लाख कर्जा लगानी गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै