PRABHU BANK

नबिल बैंकका ग्राहकले दराजमा १५ प्रतिशतसम्म छुट पाउने

nabil bank

  • बैंकिङ संसार

 काठमाडौं । नबिल बैंकले दराज(अनलाइन बजार) को ११.११ को अवसरमा ग्राहकहरुको लागि क्यास ब्याक अफर ल्याएको छ । यस अफर अन्तर्गत कार्तिक २५ गतेदेखि मङ्सिर ३ गतेसम्म सम्म नबिल बैंकका ग्राहकहरुले दराजमा सामान किन्दा डेबिट कार्ड मार्फत १५ प्रतिशतसम्म छुट वा अधिकतम ३,००० क्यासब्याक र क्रेडिट कार्ड मार्फत १५ प्रतिशत छुट वा अधिकतम ३,५०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्ने छन् ।

बैंकले नजिकको शाखामा गई खाता खोलि डेबिट र क्रेडिट कार्ड मार्फत क्यास ब्याक अफरको लाभ लिन आग्रह गरेको छ । हालसम्म बैंकले हाल १३५ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै