राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकसहित अन्य १९ बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर

  • बैकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकसहित अन्य १९ बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्र बैंकको हस्तक्षेपपछि बैंकहरुले इन्डस्ट्री एभरेज गरेर मुद्दति निक्षेपमा थोरैमात्र ब्याजदर बढाएका छन् ।
बैंकले मंसिर १ गतेदेखि लागू हुने गरि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर बढाएका हुन् ।
अधिकांश बैंकहरुले व्यक्तिगत मुद्दतीमा १०.०५ प्रतिशत ब्याजदर दिने जनाएका छन् । जसमा लक्ष्मी बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, एनएमबि बैंक, कुमारी बैंक, हिमालयन बैंक, सेन्चुरी बैंक, माछापुच्छ्रे बैंक, सिभिल बैंक, सानिमा बैंक, कृषि विकास बैंक, सनराइज बैंक, नेपाल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक रहेका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्