prabhu

कर तिर्न गण्डकी विकास बैंकलगायत २५ कम्पनीको अटेरी, पन्ध्र दिनभित्र नतिरे कारबाही गर्ने विभागको चेतावनी

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेड लगायत २५  ठूला कम्पनीहरुले बक्यौता कर तिर्न अटेरी गरेका छन् । आन्तरिक राजस्व विभागले पटक पटक जानकारी गराउँदा पनि कर तिर्न अटेर गर्ने गण्डकी विकास बैंक लगाएतका २५ ठुला कम्पनीलाई पन्ध्र दिनभित्र कर नतिरे कारबाही गर्ने चेतावनी दिएको छ ।

कर नतिर्नेमा गण्डकी विकास बैंक, सुमेरु बचत तथा ऋण सहकारी, जनक शिक्षा सामग्री केन्द्र, सीई कन्स्ट्रक्सन प्रालि, टाइगर्स ब्रुअरी इन्डस्ट्रिज, सुबिसु केबलनेट लिमिटेड, इस्टर्न एजेन्सिज प्रालि लगायतले बक्यौता कर नतिरेको र कर रकम तिर्न अटेरी गरिरहेका विभागले जनाएको छ ।

तोकिएको समयभित्र यो ठूला कम्पनीहरुले कर रकम दाखिला वा प्रमाण पेस नगरेमा आयकर ऐन, २०५८ को दफा १०४ देखि १११ सम्म, एवं मू.अ.कर ऐन, २०५२ को दफा २१ (१) तथा नियमावली, २०५३ को नियम ५२ र ५३ बमोजिम सबै वा कुनै एक कारबाही गरी बक्यौता असुलउपर गर्नेसमेत विभागको चेतावनी छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै