- बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले वार्षिक साधारणसभा गर्ने भएको छ । बैंकले वार्षिक साधारणसभा मंसिर १७ गते शुक्रबार गर्ने भएको हो ।
सभा बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा भिडियो कन्फ्रेन्सको माध्यमबाट पनि सहभागी हुन सकिनेछ ।
उक्त सभाले बैंकले प्रस्तावगरेको १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश पारित गर्नेछ । बैंकले अधिकृत पुँजी बढाएर १८ अर्ब ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेश हुनेछ ।