काठमाडौँ । प्रभु बैंकले कर्मचारीका लागि आवेदन माग गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै सीबीएस अफिसर, डिजिटल ट्रान्सफरमेशन, सीबीएस अपरेटर, साइबार सेक्युरिटी अफिसर र चाटर्ड एकाउन्टेन्ट पदका लागि आवेदन माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका नागरिकले बैंकको वेबसाइटमा बायोडाटासहित आवेदन दिन सक्नेछन् ।
साथै, इच्छुक उमेदवारले वैशाख १६ गतेसम्म आवेदन दिन सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै, बैंकले आवेदन दिन चाहने व्यक्तिहरुसँग कामको अनुभव हुनुपर्ने जनाएको छ ।
हेर्नुहोस् सूचना: