PRABHU BANK

नेपाल राष्ट्र बैंकद्धारा ब्याजदर र आम्दानीबीच तालमेल हुनेगरी कर्जाको कारोबार गर्न आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ब्याजदर र आम्दानीबीच तालमेल हुनेगरी कर्जाको कारोबार गर्न आग्रह गरेको छ । बैंकले ग्राहकहरुलाई वित्तीय सचेतना गर्नका लागि एक सुचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

हाल बैंक तथा वित्तीय संस्थाले ग्राहकहरुलाई विभिन्न कर्जाहरुको प्रस्ताव गरिरहेका छन् । राष्ट्र बैंकले सो कर्जाको भुक्तानी अवधि भने निश्चित रहने र ब्याजदर भने परिर्वतनीय वा स्थिर रहने जनाएको छ ।

त्यस्तै, ग्राहकहरुले आफूले उपभोग गर्न लागेको कर्जामा कस्तो प्रकारको ब्याजदर लागू हुँदैछ ? प्रिमियम दर कति लागू हुँदैछ ? शुल्कहरु के-कस्ता छन् ? भन्ने विषयमा पूर्ण जानकारी लिन अति आवश्यक हुने राष्ट्र बैंकले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । यस्तो छ सुचना:

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै