PRABHU BANK

बाफिया जस्ताको त्यस्तै पास भए १०० बढी सञ्चालक बैंकबाट बाहिरिने खतरा, सेयर बजारमा जान सक्छ पहिरो

काठमाडौँ ।  संसदमा पेस गरिएको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) संशोधन जस्ताको त्यस्तै पास भए १०० बढी संचालकले ऋण नपाउने भएका छन् ।

संशोधन प्रस्ताव जस्ताको त्यस्तै पास भएमा बैंक तथा वित्तीय संस्थामा एक प्रतिशतभन्दा बढी सेयर भएका कसैले पनि आफू आबद्ध वा अन्य बैंकबाट व्यावसायिक ऋण लिन नपाउने व्यवस्था गरिएको छ । यो व्यवस्था अनुसार १०० बढी संचालकहरु प्रभावित हुनेछन् ।

प्रस्तावित व्यवस्था निकै असहज हुने भन्दै अहिले ठुला लगानीकर्ता र बैंकरहरु यो व्यवस्था हटाउन राजनीतिक दौडधुपमा छन् ।  यो व्यवस्था आएको खण्डमा आफुहरु प्रभावित हुने, र बैंकबाट सेयर बेचेर निस्किनसमेत सक्ने अवस्था नरहेको भन्दै उनीहरु तिब्र लविङमा लागेका हुन् । ती संचालकहरुका अनुसार यसरी सेयर बेचेर बाहिरनुपर्ने अवस्था भए सेयर बजारमा नै पहिरो जान सक्छ ।

तत्कालीन गभर्नर डा. युवराज खतिवडाले २०७३ सालभित्र बैंकर र व्यवसायी छुट्ट्याउने घोषणा गरेका थिए। अहिले उनै खतिवडा पनि अहिले नै बाफियामा यो संसोधन आवश्यक नरहेको बताउँछन् ।
यता नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसी यस विषयमा आफुहरुले समिति नै बनाएर छलफल गरिरहेको बताउँछन् भने बैंकका अध्यक्षहरुको संगठन सीबिफिन यस विषयमा हालसम्म बोलेको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै