PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्थगित निर्वाचनको छिनोफानो आज, सर्वोच्चमा छलफलको पेशी

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संचालकको योग्यताको विषयलाई लिएर परेको रिटमा आज बिहीबार पेशी तोकिएको छ । प्राध्यापक डाक्टर तारा सापकोटाले हालेको रिटमा अल्पकालीन अन्तरिम आदेश दिँदै विपक्षीहरुलाई छलफलका लागि आज बोलाएको हो ।
डाक्टर सापकोटाले संचालक समितिका उम्मेदवारहरुको योग्यतामाथि प्रश्न उठाउँदै निर्वाचन बदरको माग गर्दै रिट दायर गरेका थिए । सो रिटको सुनुवाई गर्दै सर्वोच्चले तत्कालका लागि निर्वाचन स्थगित गरी विपक्षीहरुलाई छलफलमा बोलाउने आदेश दिएको थियो । र सोहि छलफल आज विहीबार हुन लागेको हो ।
अदालतको आदेशपछि गत चैत्र २० गते हुने भनिएको निर्वाचन स्थगित भएको थियो । यहि विषयलाई लिएर बैंकको साधारणसभामा लफडासमेत भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै