PRABHU BANK

अर्थतन्त्रको बिकासका लागि मिडिया र बैंकहरु मिल्नुपर्छ : बैंकर्स संघ

काठमाडौँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अर्थतन्त्रको बिकासका लागि बैंक र मिडियाहरु मिल्नुपर्ने बताएका छन् । संघले गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् ।

अध्यक्ष केसीले एउटा बैंकको नराम्रो खबर आउँदा त्यसले समग्र बैंकिङ क्षेत्रलाई नै असर गर्ने भन्दै यसतर्फ मिडियाहरु सचेत भईदिनसमेत आग्रह गरेका छन् । उनले बैंकबारे समाचार सम्प्रेषण गर्दा बुझेर तथ्य जानकारी मात्र पस्किन समेत मिडियाहरुलाई आग्रह गरेका छन् ।
अध्यक्ष केसीले समग्र अर्थतन्त्रको बिकास र बैंकिङ क्षेत्रको प्रगतिका लागि मिडियाहरुको भूमिका महत्वपूर्ण भएको बताउँदै मिडियाहरुले खेलिरहेको भूमिका प्रशंसनीय भएको समेत स्पष्ट पारेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै