National

इन्भेष्टमेन्ट मेगा बैंकका संचालक पाण्डेविरुद्ध अख्तियारले दायर गर्यो भ्रष्टाचार मुद्धा, वायुसेवा निगममा हुँदा भ्रष्टाचार गरेको आरोप

काठमाडौँ । मेगा बैंकका संचालक मुक्तिराम पाण्डेविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइड बडी विमान खरिदमा भ्रष्टाचार भएको दाबी गर्दै बिहीबार पाण्डेसहित २२ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
अख्तियारले पाण्डेसहित तत्कालीन पर्यटनमन्त्री कांग्रेस नेता जीवनबहादुर शाही, नेपाल वायु सेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, तत्कालीन पर्यटन सचिव शंकर अधिकारीलगायत ३२ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले दुईवटा वाइड बडी विमान खरिदमा भ्रष्टाचार भएको दाबी गरेको छ । पाण्डे नेपाल वायु सेवा निगमका तत्कालीन संचालक समिति सदस्य थिए ।
पाण्डेको योग्यताको विषयलाई लिएर सर्वोच्च अदालतमा पनि रिट दायर भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै